Sunday, May 26, 2019
Home > मुख्य समाचार > एक नम्बर प्रदेशका ९० वर्ष पुगेका वृद्धवृद्धालाई सरकारले घरमै पुगेर सम्मान गर्ने

एक नम्बर प्रदेशका ९० वर्ष पुगेका वृद्धवृद्धालाई सरकारले घरमै पुगेर सम्मान गर्ने

विराटनगर, ३ फागुन । एक नम्बर प्रदेश सरकार गठनको एक वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारले ९० बर्ष पुगेका प्रदेश १ का ज्येष्ठ नागरिकहरुलाई जनही ५ हजार नगदसहित घरमै पुगेर सम्मान गर्ने घोषणा गरेको छ ।

बिराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार आयोजित प्रदेश सरकारको प्रथम बार्षिकोत्सव कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले ९० बर्ष पुगेका ज्येष्ठ नागरिकहरुलाई घरमै पुगेर नगद ५ हजारसहित सम्मान गर्ने घोषणा गर्नुभएको हो । चालु आर्थिक बर्षमै ९० बर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई एक पल्ट घरघरमै पुगेर सम्मान गरिने उहाँले वताउनुभयो
उहाले एक नम्वर प्रदेशका १४ वटै जिल्लाका ९० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको जिवनयापनमा केहीभए पनि सहजता आओस भन्ने उद्धेश्यले सम्मान गर्र्न लागिएको उल्लेख गर्नुभयो । मुख्यमन्त्री राईले केन्द्र सरकारबाट सबै संरचना समयमै हस्तान्तरण नहुँदा कानून अभावमा सरकारले अपेक्षा अनुसार काम गर्न नपाएको बताउनुभयो ।

उहाँले आगामी दिनमा बस्तुनिष्ठ समिक्षा गरेर सम्वृद्ध प्रदेश सुखी नेपालीको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आगामी बर्षदेखि प्रदेशका ईमान्दार कर्मचारीहरुलाई प्रोत्साहनसहित पुरस्कृत गर्ने पनि जानकारी दिनुभयो । प्रथम बार्षिकोत्सवलाई सम्बोधन गर्दै एक नम्बर प्रदेश प्रमुख डाक्टर गोबिन्दबहादुर तुम्वाहाङगले असहज परिस्थिती भएपनि एक नम्बर प्रदेश सरकारको काम सन्तोषजनक भएको बताउनुभयो । उहाँले आगामी दिनमा चुनौतीको सामना गर्दै सुखी नेपाली सम्बृद्ध प्रदेशका लागि निरन्तर काम गर्न प्रदेश सरकारलाई शुभकामना दिनुभयो ।
एक नम्बर प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीले कानून र संरचना अभावको चुनौती झेलेर पनि २३ वटा कानून निर्माण गर्न र संयन्त्र आफै निर्माण गरेर परिचालन गर्न सफल हुनुले प्रदेश सरकार सफल भएको वताउनुभयो । उहाँले आगामी दिनमा प्राकृतिक स्रोतसाधानलाई पूर्ण उपभोग गदै सरकार अगाडि बढेमा साँच्चै एक नम्बरको हुन सक्ने बताउनुभयो । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु , सचिवहरु , नेपाली सेनाका पृतनापति , प्रदेश प्रहरी प्रमुख , शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुख , प्रदेशसभा सदस्य , नागरिक समाज , पत्रकार , उद्योगी व्यापारीहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *