Sunday, May 26, 2019
Home > मुख्य समाचार > दीगो बिकास तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुशन्धान आयोगसँग छलफल गर्ने

दीगो बिकास तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुशन्धान आयोगसँग छलफल गर्ने

काठमाडौं, ८, फागुन । संघिय संसद अन्तर्गतको दीगो बिकास तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुशन्धान आयोगसँग छलफल गर्ने भएको छ ।

समितिको आज बसेको बैठकले भ्रष्टाचार न्यूनीकरण गर्न आयोगले गरिरहेका कामहरु बारे जानकारी लिन अख्तियार प्रमुख नवीन घिमिरेलाई आगामी आइतबार बोलाउने भएको हो । आज बसेको बैठकमा देशमा बढिरहेको भ्रष्टाचार कम गरि सुशासन कायम गर्न अख्तियारले गरिरहेका काम बारे जानकारी लिन प्रमुख घिमिरेलाई बोलाउने निर्णय गरेको हो । समितिको आजको बैठकले दीगो बिकाश तथा सुशासन समितको कार्य योजना पनि पास गरेको छ ।समितिले राष्ट्रिय गौरवको आयोजनाको बिषयमा छलफल गर्ने देखि राष्ट्रिय योजना आयोग समेतलाई समितिमा बोलाएर छलफल गर्ने कार्यक्रम उपसमितिको कार्ययोजनामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *