Sunday, May 26, 2019
Home > राष्ट्रिय समाचार > झापाको किचकबधमा पुरुष मृत फेला

झापाको किचकबधमा पुरुष मृत फेला

झापा, ८ फागुन । किचकबध मेलाबाट फर्किने क्रममा एक व्यक्तिको नालामा डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका ९ स्थित देउनिया नजिकै बस्ने अन्दाजी ४० वर्षीय अपन मडी रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिनुभयो । साइकलमा सवार मडी किचकबध मेलाबाट फर्किएर बेलुका घरतर्फ गइरहेको अवस्थामा नालामा लडेको हुन सक्ने प्रहरी अनुमान छ । भद्रपुर ५ स्थित भन्सार र नयाँ बजार जाने घुमाउरो सडक छेउको नालामा जमेको पानीमा घोप्टो परेर डुबेको अवस्थामा मडीको शव भेटिएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । अत्याधिक मादक पदार्थ सेवन गरेका कारण साइकल आफै अनियन्त्रित भई सडक छेऊको नालामा खसेपछि उनको मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *