Sunday, May 26, 2019
Home > मुख्य समाचार > सांसदहरुद्धारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

सांसदहरुद्धारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं, १० फागुन । सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राज नारायण पाठकलाई कारवाही हुन नसकेको , संघ अन्र्तगत निर्माण हुदै आएका सडक निर्माणको कामको जिम्मेवारी प्रदेशलाई दिए पनि ती सडक निर्माणको काम हुन नसकेको लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद डिला संग्रौलाले अख्तियारका आयुक्त राजनारायण पाठकले सार्वजनिक रुपमा घुस लिएको भिडियो ४ महिना अघि प्रधानमन्त्री कार्यालयमा पुगेको भन्दै अहिले सम्म किन कारवाही भएन भनी प्रश्न गर्नुभयो । सांसद दिव्यमणि राजभण्डारी पुर्व गोर्खा सैनिकहरुको समस्याका बारेमा छलफल गर्न वार्ता टोली गठन गरि बेलायत सरकारसंग छलफल गर्न माग गर्नुभयो । सांसद धर्मशिला चापागाईँले सबै सांसदलाई समान व्यवहार गर्दै सबै सांसदले खर्च गर्ने गरि बजेटको व्यवस्था गर्न माग गर्नुभयो । प्रदीप यादवले नेपाल एयरलाइन्सको इन्जिन मर्मत र पार्टपूर्जाको टेण्डरमा १ अबए ५३ करोड रुपैयाको घोटाला भएको सार्वजनिक हुदा पनि त्यस तर्फ सम्बन्धीत मन्त्रालयको ध्यान नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *