Saturday, March 23, 2019
Home > मुख्य समाचार > चिकित्सकहरुद्धारा देशभरका अस्पतालहरुको आकस्मिक बाहेकका सेवा बहिष्कार

चिकित्सकहरुद्धारा देशभरका अस्पतालहरुको आकस्मिक बाहेकका सेवा बहिष्कार

काठमाडौं, १० फागुन । आन्दोलनरत सरकारी चिकित्सकहरुले शुक्रबार देशभरका सबै अस्पतालहरुको आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका छन ।

स्थानीय तह मातहत राख्ने गरी आएको निजामती कर्मचारी ऐन सच्याउन सरकारलाई दवाव दिँदै आएका सरकारी चिकित्सकहरुले आज देशभरका सबै अस्पतालहरुको आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन । उनीहरुले बिहान करिव १० बजे वीर अस्पतालको टिकट काउन्टरमै तालाबन्दी गरेर आफ्नो सेवा बहिष्कार गरेका थिए । स्थानीय तहको मातहत रहने तथा आफूहरुको वृत्ति विकास समेत नहुने गरी ल्याएको सो ऐन सच्याउन सरकारलाई बाध्य पार्न एक दिन अस्पतालको सेवाहरु बहिष्कार गर्नु परेको सरकारी चिकित्सक संघ, नेपाल (गोदान)का अध्यक्ष डा. दिपेन्द्र पाण्डेले जानकारी दिनु भयो । अध्यक्ष पाण्डेले सरकारले शान्तिपूर्ण आन्दोलन गरिरहेका आफूहरुको माग सुनुवाई नगरेपछि अस्पतालको सेवा नै बहिष्कार गर्ने लगायतका आन्दोलनका कडा कार्यक्रम सुरु गर्नु परेको स्पष्ट पार्नु भयो ।

यसैबीच, आज वीर अस्पताल पुगेका विरामीहरुले आफूहरुलाई बिचल्लीमा पारेको भन्दै सरकारी चिकित्सकहरुप्रति आक्रोश व्यक्त गरेका छन । यसैबीच सरकारी चिकित्सकहरुले अस्पतालको सेवा बहिष्कार गर्दा पनि आफूहरुको माग सम्बोधन गर्न सरकार तयार नभए सामूहिक राजीनामा दिने चेतावनी समेत दिँदै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *