Saturday, March 23, 2019
Home > मुख्य समाचार > नेकपाद्धारा सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदल भंग

नेकपाद्धारा सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदल भंग

काठमाडौं, १० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदल भंग गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सांगठनिक एकता टुंगो लगाउन आवश्यक सुझाव तयार पार्न गठित कार्य दल विघटन गरेको हो । हिजो बसेको बैठकमा कार्य दलका संयोजक रामबहादुर थापाले प्रतिवेदन पेश गर्दै एक हप्ता समय थप गर्न माग गर्नु भएको थियो । पार्टीको सांगठनिक एकताको खाका तयार पार्ने क्रममा विवाद भएपछि सो जिम्मेवारी सचिवालयले आफैले गर्ने गरी कार्यदल विघटन गरिएको हो । कार्य दलको काम सचिवालय आफैले गर्ने र स्थायी समिति बैठक बोलाएर निर्णय लिने गरी कार्य दल विघटन गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो । बैठकले सचिवालयले सो सम्बन्धि प्रस्ताव तयार पारी स्थायी समिति बैठकमा पेश गर्ने निर्णय पनि गरेको छ ।

पार्टीको सांगठनिक एकताको काम टुंगो लगाउने जिम्मेवारी पूरा गर्न नसकेपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै बैठकमा कार्य दल विघटन गर्ने प्रस्ताव गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *