Sunday, May 26, 2019
Home > राष्ट्रिय समाचार > काठमाडौंमा ‘स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा’ आयोजना

काठमाडौंमा ‘स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा’ आयोजना

काठमाडौं, १० फागुन । नेपालको धर्म, संस्कृति र साँस्कृतिक धरोहरहरुबारे विद्यार्थीहरुलाई जानकारी दिने उद्देश्यसहित काठमाडौंमा ‘स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा’ आयोजना गरिएको छ ।

हिन्दु स्वयम् सेवक संघ, नेपालले आज टुँडिखेलमा नेपालको धर्म, संस्कृति तथा सांस्कृतिक धरोहरबारे विद्यालय तहमै जानकारी दिन ‘स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा’ आयोजना गरेको हो । नेपालको धर्म र संस्कृतिबारे विद्यालयमा नै जानकारी दिने उद्देश्यका साथ सो परीक्षा आयोजना गरिएको स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाका संयोजक डा. रामकृष्ण तिमिल्सिनाले जानकारी दिनु भयो । एक दिने सो परीक्षामा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न विद्यालयका कक्षा ६ देखि १२ सम्मका ७ हजार भन्दा बढि विद्यार्थीहरु सहभागी भएका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *