Wednesday, May 27, 2020
Home > अन्तराष्ट्रिय समाचार > ट्रम्प र किमबीच आज पनि भेटवार्ता

ट्रम्प र किमबीच आज पनि भेटवार्ता

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच आज पनि भेटवार्ता हुँदैछ ।
उनीहरुले दोस्रो शिखर बार्ताको क्रममा आज दोस्रो तथा अन्तिम दिन महत्वपूर्ण विषयमा छलफल गर्ने बताइएको छ । दुई नेताबीच आजको बार्तामा कोरियाली प्रायद्धिपबाट आणविक हतियार हटाउने विषयमा छलफल हुने आशा गरिएको छ । सिंगापुरमा भएको पहिलो शिखर बार्तापछि आणविक विवाद समाधानमा दुई देशबीच थोरै भए पनि प्रगति भएको विश्वास गरिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता उनबीच हिजो भियतनामको राजधानी हनोइको एक होटलमा केहीबेर एक्लाएक्लै वार्ता भएको थियो । दुई नेताले सँगै खाना पनि खानुभएको थिथयो । बैठकले लगत्तै राष्ट्रपति ट्रम्पले एक टीव्ट गर्दै महत्वपूर्ण भेटघाट र खानपिन भनि उल्लेख गर्नुभएको छ । दुई नेताबीच आज पनि विभिन्न चरणमा बार्ता हुने ह्वाइटहाउसले जनाएको छ । बार्तापछि उनीहरुबीच द्धिपक्षीय सम्झौतामा हस्ताक्षर हुने र राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलन गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *