Saturday, March 23, 2019
Home > राष्ट्रिय समाचार > पिण्डेश्वर मन्दिरमा आज महाशिवरात्रीको दिन भक्तजनहरुको भिड

पिण्डेश्वर मन्दिरमा आज महाशिवरात्रीको दिन भक्तजनहरुको भिड

धरान, २० फागुन । धरानस्थित पिण्डेश्वर मन्दिरमा आज महाशिवरात्रीको दिन भक्तजनहरुको भिड लागेको छ ।

भारतवर्षको १२ वटा ज्योर्तिलिङग मध्ये एक मानिएको उपरज्योर्तिलिङमा अमरनाथ, पशुपति नाथ र पिण्डेश्वरलाई लिने गरिन्छ । शिवपुराण अनुसार समुन्द्र मन्थन गर्दा निस्कीएको विष शिवजीले पिए पछि उनी विजयपुरको रुद्राक्षरण्य क्षेत्रमा आएर बसेका थिए । विषको राप मत्थर पार्न भगवानहरुले अमृतबाट बचेको भागलाई पिण्ड बनाएर भगवान शिवलाई कौशिकी नदीको जल ल्याई चढाउन थालेपछि धरानस्थित विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा शिवको पुजाआजा गर्नेको भिड लाग्ने गरेको छ ।

पूर्वको १४ आरण्यमध्ये १० आरण्य रुद्राक्षरण्य धरानको यस पिण्डेश्वर बाबाधामलाई मानिन्छ । पौराणिक कथामै समेटिएको पिण्डेश्वर मन्दिरमा पुराना राजा, महाराजाहरुको धार्मिकस्थल रहेका तथ्यहरु छन् । राजा गिर्वाणयुद्ध विक्रम शाह, प्रधानमन्त्री भिमसेन थापाहरुले चढाएको घण्टाहरु मन्दिर परिसरमा छन् । जसले पिण्डेश्वर मन्दिरको महत्व ऐतिहासिक रहेको स्थानीयको दाबी छ । शिवरात्रीको अवसरमा पिण्डेश्वरमा १० दिनदेखि शिवपुराण लगाईएको छ । शिवरात्रीका दिन अघिल्ला वर्षहरुमा यस क्षेत्रमा गाजा, भाङ, धतुरो सेवन गर्न युवाहरु तछाड मछाड गर्ने गरेको भए पनि यस पटक मन्दिर परिशरमा भने त्यस्तो प्रचलनलाई रोक लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *