Sunday, May 26, 2019
Home > मुख्य समाचार > नेपाली कांग्रेसको चौधौं महाधिवेशन समयमै हुन्छ : देउवा

नेपाली कांग्रेसको चौधौं महाधिवेशन समयमै हुन्छ : देउवा

विराटनगर, २३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादु देउवाले पार्टीको चौधौं महाधिवेशन समयमै हुने बताउनु भएको छ ।

न्यूसृष्टि दैनिकको वार्षिकोत्सव कार्यक्रममा भाग लिन विराटनगर आउनु भएका सभापति देउवाले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै आफू कार्यकाल लम्ब्याउने पक्षमा नरहेको स्पष्ट पार्नुभयो । चाक्सीबारी बैठकको बारेमा टिप्पणी गर्दै देउवाले साथीहरु बसेर जमघट गर्नु, छलफल गर्नु अनौठो नभएको बताउनु भयो । सभापति देउवाले पार्टीका नेता शेखर कोइरालालाई आफूले जथाभावी नबोल्न सम्झाएको भए पनि उहाले नटेरेको बताउनु भएको छ । शेखरजीलाई मैले दुईपल्ट भेटेरै सम्झाएको थिएँ । तर, उहाँ नरोकिएपछि आफूले जवाफ दिएको देउवाको भनाई थियो

नेतृत्वमा कोइराला आउनै नपाउने, चुनावमा उठ्नै नपाउने कुरा आफूले नगरेको देउवाले स्पष्ट पार्नुभयो । नेता कोइरालालाई अनुशासनको कारबाही हुन्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा देउवाले कांग्रेसमा कसैले बोल्दैमा कारबाही नहुने स्पष्ट पार्नुभयो । जिल्ला सभापतिहरुले विशेष महाधिवेशनको कुरा उठाएको विषय सुने पनि आफूसम्म त्यो कुरा आइनपुगेको सभापति देउवाले जानकारी दिनुभयो । वाइडबडी विमान खरिदबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा देउवाले प्रधानमन्त्री ओली अहिले बिरामी भएकाले केही नबोल्ने बताउदै उहाँ स्वस्थ भएपछि कुरा गर्ने जानकारी दिनुभयो । देउवालाई स्वागत गर्न विमानस्थलमा नेता–कार्यकर्ताको भीड लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *