Sunday, May 26, 2019
Home > राष्ट्रिय समाचार > विरगञ्जस्थित विपि उद्यानलाई शहिद पार्क बनाउने प्रदेश सरकारको निर्णय दुरासयपुर्ण : कांग्रेस

विरगञ्जस्थित विपि उद्यानलाई शहिद पार्क बनाउने प्रदेश सरकारको निर्णय दुरासयपुर्ण : कांग्रेस

काठमाडौं, २३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरगञ्जस्थित विपि उद्यानलाई शहिद पार्क बनाउने प्रदेश सरकारको निर्णय दुरासयपुर्ण भएको भन्दै निर्णय सच्याउन माग गरेको छ ।

प्रतिनिधिसभाको विहिबारको बैठकको ढ्याढयापे समयमा बोल्दै नेपाली काग्रेसकी सचेतक पुष्पा भुसालले विपि उद्यानलाई शहिद पार्क बनाउने २ नम्बर प्रदेश सरकारको निर्णय दुरासपुर्ण भएको टिप्पणी गर्नुभयो । उहाँले नेपाली कांग्रेस र कांग्रेसका नेताको इतिहास मेटाउने काम भए शसक्त विरोधमा उत्रने चेतावनी दिनुभयो । उहाँले प्रदेश सरकारलाई निर्णय सच्याउन निर्देशन गर्नका लागि केन्द्र सरकारसंग माग गर्नुभयो । उहाँले भन्नुभयो “मधेसबाट, तराईबाट नेपाली कांग्रेसको नाम निसाना, नेताको नाम निसान मेटाउने कदमको हामी घोर भत्र्सना गर्दछौ । र सभामुख मार्फत प्रदेश सरकारलाई निर्देशन गर्नका लागि सरकारलाई निवेदन गर्छौ । ” प्रदेश नम्बर २ को सरकारले शहीद दिवसका दिन विशेष कार्यक्रम गरि विपि उद्यानमा शहीद पार्क बनाउने भन्दै औपचारीक उद्घाटन गरेपछि नेपाली कांग्रेसले त्यसको विरोध गर्दै आएको छ । विपि उद्यान बनाउनका लागि विरगञ्ज नगरपालिकाले २०६० सालमा यातायात संस्थानबाट १० विघा जग्गा खरिद गरेको थियो । सोही स्थानमा शहीद पार्क बनाउने भन्दै प्रदेश सरकारले रकम निकासा पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *