Sunday, May 26, 2019
Home > मुख्य समाचार > सिके राउतसँग गरिएको सम्झौताबारे सरकारले जनताले बुझ्ने भाषामा स्पष्ट पार्नुपर्छ : नेता रावल

सिके राउतसँग गरिएको सम्झौताबारे सरकारले जनताले बुझ्ने भाषामा स्पष्ट पार्नुपर्छ : नेता रावल

काठमाडौं, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले सिके राउतसँग गरिएको सम्झौताबारे सरकारले जनताले बुझ्ने भाषामा स्पष्ट पार्नुपर्ने बताउनुभएको छ ।

आज रिपोर्टस क्लबको साक्षात्कारमा उहाँले सम्झौतामा लेखिएको भाषा र राष्ट्रियसभा गृहमा राउतले दिएको अभिव्यक्ति विवादास्पत भएकाले त्यसबारे सरकारले स्पष्ट पार्नुपर्ने माग गर्नुभयो । उहाँले राउतसँगको सहमतिका बारेमा पार्टीभित्र आवश्यक छलफल नै नगरिएको भन्दै स्थायी समिति, केन्द्रीय कमिटीमा छलफलको चलाउनुपर्ने आवश्यकता औल्याउनुभयो । राउतले राज्यद्रोहको नीति परित्याग गरेर शान्ति प्रक्रियामा अवतरण गरेको हो होइन भन्ने विषयमा पनि बहस गर्नुपर्ने तर्क नेता रावलले गर्नुभयो । उहाँले राउतलाई सरकारले दार्शनिक बनाएको भन्दै आपत्ति जनाउनुभयो । नेता रावलले पार्टी सामूहिकतामा नभई एक वा दुई जनाको निर्देशन र चाहनाअनुसार सञ्चालन भएको भन्दै असन्तुष्टि जनाउनुभयो । राजद्रोहको मुद्दामा सरकारले नै कारबाही गरेको व्यक्तिलाई कुनै भूभाग जितेर आएजस्तो गरी सम्मानका साथ आकस्मिक रुपमा सार्वजनिक कार्यक्रम गरिनु अस्वभाविक भएको टिप्पणी गर्नुभयो ।

सशस्त्र द्वन्द्वकालीन समयका मुद्दाहरु अझै किनारा लागि नसकेको अवस्थामा राज्यले स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्तामाथि लागेका सबै मुद्दामा छुट दिन नमिल्ने तर्क उहाँले गर्नुभयो । सरकार र राउतसँग भएको सहमतिले राष्ट्रिय स्वतन्त्रको हितविपरत भएको भन्दै उहाँले त्यसले कुनै पनि समय राष्ट्र र राष्टियतालाई ठूलो आघात पु¥याउने दाबी गर्नुभयो । सरकारले राउतसँग गरेको सहमतिको सत्तारुढ दल नेकपाको शिर्ष तहमा नै असन्तुष्टि देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *