Thursday, April 02, 2020
Home > मुख्य समाचार > भूकम्पले भत्काएका सम्पदाहरुको पुनर्निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिवद्धता

भूकम्पले भत्काएका सम्पदाहरुको पुनर्निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिवद्धता

काठमाडौं, ५ फागुन । पुरातत्व विभागले भूकम्पले भत्काएका सम्पदाहरुको पुनर्निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ ।

पुरातत्व विभागमा निमित्त महानिर्देशक दामोदर गौतमले तोकिएकै समयभित्र भूकम्पले भत्काएका सम्पदाहरुको पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । आज संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उहाँले काठमाडौं उपत्यकाभित्रका सम्पदाहरुको पुनर्निर्माणको काम २८ प्रतिशत सम्पन्न भएको र आगामी २ वर्षभित्र ती सबै सम्पदाहरुको पुननिर्माण कार्य सम्पन्न गर्ने योजना पनि अघि सार्नुभयो । काठमाडौं उपत्यका भित्र ७ सय ५३ वटा सम्पदाहरु भूकम्पले भत्काएका थिए । ती मध्ये २ सय २० वटा सम्पदाहरुको पुनर्निर्माणको काम सम्पन्न गरिएको पनि विभागले जनाएको छ । चालू आर्थिक वर्ष भित्र थप २ सय ५ वटा सम्पदाहरुको पुनर्निर्माणको काम सम्पन्न गर्ने र बाँकि सम्पदाहरुको पुनर्निर्माणको काम आगामी २ वर्षभित्र सम्पन्न गर्ने योजना रहेको पनि विभागका निमित्त महानिर्देशक गौतमले बताउनुभयो ।
निमित्त महानिर्देशक गौतमले सम्पदाहरुको पुनर्निर्माण गर्दा त्यसको ऐतिहासिक, पूरातात्विक तथा मौलिक पहिचान मेटाउन नदिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । बैठकमा समितिका सदस्यहरुले सम्पदाहरुको पहिचान मेटाउन खालको कुनै पनि गतिविधि हुन नदिन सरकारलाई सचेत गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *