Friday, March 05, 2021
Home > खेलकुद समाचार > पाचौं महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतको भीडन्त हुने

पाचौं महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतको भीडन्त हुने

विराटनगर, ६ चैत्र । नेपाल पाचौं महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतको भीडन्त हुने भएको छ ।

आज विराटनगरस्थित संहिद रंगशालामा भएको पहिला सेमिफाइनलमा श्रीलंकालाई ४–० गोलअन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरिसकेको छ । त्यस्तै आजै भएको अन्तिम सेमिफाइनल खेलमा भारत विजयी भएको छ । बंगलादेशलाई ४–० गोलअन्तरले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो । नेपालले सुरुदेखि नै श्रीलंकामाथि दबाबमा राखेको थियो । पहिलो पहिलो हाफमा १–० को अग्रता बनाएको नेपाली महिला टोलीले दोस्रो हाफमा ३ गोल गरेको हो । नेपालका लागि पहिलो गोल ४२ औं मिनेटमा डिफेन्डर पुनम जर्घा मगरले गरेकी थिइन् । त्यसपछि ७३ औं मिनेटमा अनिता बस्नेतले दोस्रो गोल गरिन । ८२ औं मिनेटमा साबित्रा भण्डारीले र ८६ औं मिनेटमा रेखा पौडेल गोल गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *