Monday, September 23, 2019
Home > खेलकुद समाचार > आईपीएलको १२ औं संस्करण आजदेखि सुरु हुँदै

आईपीएलको १२ औं संस्करण आजदेखि सुरु हुँदै

९, फागुन । इन्डियन प्रिमियर लिग आईपीएलको १२ औं संस्करण आजदेखि सुरु हुँदैछ ।

प्रतियोगिताको पहिलो खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंङलोर भिड्दै छन् । भारतीय क्रिकेट टोलीका सबैभन्दा सफल कप्तान महेन्द्र सिंह धोनी र वर्तमान कप्तान विराट कोहलीबीचको खेल आज साँझ सवा ८ बजेदेखि सुरु हुनेछ । आईपीएल इतिहासमै सबैभन्दा सफल टिम चेन्नई साविक विजेता पनि हो । उसले अहिलेसम्म ३ पटक उपाधि जितेको छ भने ४ पटक उपविजेता बनेको छ । विराट कोहलीले नेतृत्व गरेको बैंङ्लोरले भने अहिलेसम्म उपाधि जितेको छैन । यसपटक आईपीएलमा ८ टिम सहभागी छन् । चेन्नइ र बैंङ्लोरसँगै मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र किंग्स इलाभेन पन्जाव प्रतियोगितामा सहभागी भएका हुन् । नेपाली युवा स्टार सन्दिप लामिछाने दिल्ली क्यापिटल्सबाट खेल्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *