Tuesday, July 23, 2019
Home > खेलकुद समाचार > साफ महिला च्याम्पियनसीपको उपविजेता नेपाली राष्ट्रिय टोलीलाई सम्मान

साफ महिला च्याम्पियनसीपको उपविजेता नेपाली राष्ट्रिय टोलीलाई सम्मान

विराटनगर, ९ फागुन । विराटनगरमा सम्पन्न पाँचौ साफ महिला च्याम्पियनसीपको उपविजेता नेपाली राष्ट्रिय टोलीलाई सम्मान गरिएको छ ।

आज १ नम्बर प्रदेशका प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङको सरकारी निवासमा खेलाडी तथा अफिसियललाई सम्मान गरिएको हो । सो क्रममा प्रदेश प्रमुख प्राडा तुम्बाहाङले प्रदेशमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुनु गौरवको विषय भएको बताउनुभयो । चौथो पटक उपाधि विमुख बनेको नेपाली टोलीका सदस्यहरुलाई खेलमा हार जित हुने भएकाले निराश नहुन उहाँले आव्हान गर्नुभयो । हिजो सम्पन्न उपाधि भिडन्तमा घरेलु टोली नेपाललाई भारतले एकका विरुद्ध तीन गोलले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *