Friday, November 27, 2020
Home > मुख्य समाचार > निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलियाको नाम सिफारिस

निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलियाको नाम सिफारिस

काठमाडौं, ११ फागुन । संवैधानिक परिषद्ले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलियालाई सिफारिस गरेको छ ।

संवैधानिक परिषद्को आज सिंहदरबारमा बसेको बैठकले रिक्त रहेको निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियालाई नियुक्त गर्ने सिफारिस गरेको हो । आइतबार मात्रै प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले अवकाश पाउनुभएको थियो । सोही पदमा थपलियालाई नियुक्त गर्ने सिफारिस गरिएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

त्यसैगरी परिषद् बैठकले समावेशी आयोगको सदस्यमा मकवानपुरकी विष्णुमाया ओझालाई नियुक्त गर्ने सिफारिस पनि गरेको छ । प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले भने पार्टी संसदीय दलको बैठकका कारण उपस्थित हुन नसकेको लिखित जानकारी परिषद्लाई गराउनुभएको थियो । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियालाई संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले अनुमोदन गर्ने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *