Tuesday, January 19, 2021
Home > मुख्य समाचार > लगानी सम्मेलनमा बंगलादेशबाट निजी क्षेत्रको सहभागिता हुने

लगानी सम्मेलनमा बंगलादेशबाट निजी क्षेत्रको सहभागिता हुने

काठमाडौं, १२ फागुन । नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बंगलादेशबाट निजी क्षेत्रको सहभागिता हुने भएको छ ।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनसँग नेपालका लागी बंगलादेशी राजदूत मस्फी विन्ते साम्सले भेट गर्दै लगानी सम्मेलनमा बंगलादेशको सहभागिता हुने बताउनु भएको हो । सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षिय हितका साथै आपसी सहयोगका विषयमा पनि छलफल भएको थियो । भेटमा बङगलादेशी राजदूत विन्तेले उर्जा क्षेत्रमा लगानीका लागी बंगलादेश सरकार ईच्छुक रहेको बताउनुभयो । द्विपक्षिय भेटमा नेपाल र बंगलादेशको विच उर्जा ब्यापार सम्बन्धी भएका समझदारीको आधारमा तय भएका बिभिन्न कार्यक्रमहरुका बारेमा समेत समिक्षा भएको सिंचाईमन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *