Thursday, April 25, 2019
Home > खेलकुद समाचार > एएफसी अण्डर–२३ च्याम्पियनसिप छनोटको तेस्रो खेलमा पनि नेपाल पराजित

एएफसी अण्डर–२३ च्याम्पियनसिप छनोटको तेस्रो खेलमा पनि नेपाल पराजित

१३, फागुन । एएफसी अण्डर–२३ च्याम्पियनसिप छनोटको तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।

अफ्गानिस्तानसँग २–० ले पराजित हुँदै नेपालले जितबिहिन रुपमा छनोटको यात्रा सकाएको हो । कतारको दोहास्थित स्पोर्टस सिटिको मैदानमा अफगानिस्तानले दुबै गोल पहिलो हाफमै गरेको थियो । खेलको २४ औँ मिनेटमा सोलेमन खोरामीले गोल गर्दै अफ्गानिस्तानलाई अग्रता दिलाएका थिए । ३४ औँ मिनेटमा ओमरान हेदरीले गोल थप्दै टोलीको जित निश्चित गरेका थिए । अघिल्ला खेलमा जस्तै नेपाली टोलीको डिफेन्स, अफगानी अग्रपक्तिलाई रोक्ने असफल बन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *