Tuesday, July 23, 2019
Home > खेलकुद समाचार > आइपिएलमा आज किंग्स इलाभेन पन्जाव र कोलकता नाइटराइडर्स भिड्दै

आइपिएलमा आज किंग्स इलाभेन पन्जाव र कोलकता नाइटराइडर्स भिड्दै

१३, फागुन । इन्डियन प्रिमियर लिग(आईपीएल) को छैटौं खेलमा आज किंग्स इलाभेन पन्जाव र कोलकता नाइटराइडर्स भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका सवा ८ बजे देखी कोलकताको घरेलु मैदान इडेन गार्डेनमा सुरु हुने छ ।

दुवै टोली लगातार दोस्रो जितको खोजिमा मैदान उत्रने छन् । पहिलो खेलमा कोलकताले सनराइज हैदरावादलाई ६ विकेटले हराउँदै पन्जावले राजस्थानमाथि १४ रनको विवादीत जित हात पारेको थियो । कोलकता दिनेश कात्तिक र पन्जाव रविचन्द्र आश्विनको कप्तानीमा मैदान उत्रने छन् । पहिलो खेलमा सानादर जित हात पार्ने क्रममा कोलकताले १ सय ८२ रनको लक्ष्य पछ्याएको थियो । जसका नायक थिए आन्द्र रसेल । रसेलले २ विकेटका साथै १९ बलमा ४९ रन जोड्दै खेल जिताएका थिए । रसेलसँगै नितेश राना, रविन उथप्पा, सुभमन गिल, दिनेश कार्तिक, कुलदिप यादव र सुनिल नारायण कोलकताका प्रमुख खेलाडी हुन् । यता पहिलो जित नै विवादित हात पारेको पन्जावका क्रिस गेल राम्रो लयमा देखिएका छन् । गेलले पहिलो खेलमै ७९ रन प्रहार गर्दै पन्जावलाई बलियो अवस्थामा पुर्याएका थिए । पन्जावमा गेलसँगै मुजिब उर रहमान, सरफराज खान, निकोलस पुरन, साम करन, अंकित राजपुत मुख्य हतियार हुन् । सुरुवाती पाँच खेल सकिँदा चेन्नई सुपर किंग्स २ खेलमा २ मा नै जित निकाल्दै शीर्ष स्थानमा छ । दिल्ली क्यापिटल्स २ खेलमा १ मा हार र १ मा जितका साथ दोस्रो स्थानमा रहँदा सुरुवाती खेलमा जित निकाल्दै पन्जाव तेस्रो र कोलकता चौथो स्थानमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *