Wednesday, May 27, 2020
Home > मुख्य समाचार > दलित महिललाई कालोमोसो दलेर कुटपिट गर्नेलाई कारबाहीको माग

दलित महिललाई कालोमोसो दलेर कुटपिट गर्नेलाई कारबाहीको माग

मोरङ, १३ चैत्र । मोरङको पथरीशनिश्चरेकी एक दलित महिललाई कालोमोसो दलेर कुटपिट गरेको घटनालाई जातिय भेदभाव तथा छुवाछुत सजाय र कसुर ऐन अन्तर्गत कारवाही गर्न दलित संघ संस्थाले माग गरेका छन् ।

दलित जातीय ६ वटा संस्थाले पत्रकार सम्मेलन गर्दै चैत ५ गते पथरीशनिश्चरे ८ दोहोलुकी ३१ वर्षीय शारदा बराइलीमाथि कालोमोसो दलेर अमानवीय व्यहार प्रदर्शन गर्नेमाथि कडा कारवाहीको माग गरेको हो । विश्वकर्मा एकता समाज नेपाल प्रदेशका अध्यक्ष गोपाल लकान्द्री, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ मोरङका कार्यक्रम अधिकृत अमर बराइली, नेपाल दलित संघ क्षेत्रीय अध्यक्ष मीना सिन्चेउरी, क्रेज नेपालका अध्यक्ष गोपाल नेपाली, मुक्ति समाज नेपालका सन्त विश्वकर्मा र दलित सेवा संघका कुबेर घतानीद्धारा संयुक्त हस्ताक्षर गरी विज्ञप्ति जारी गरिएको छ । हाल जिल्ला प्रशासन कार्यालयमार्फत चलिरहेको जघन्य अपराधको मुद्दा खारेज गरी जातीय भेदभाव तथा छुवाछुत विभेदको मुद्दा दर्ता गर्नुपर्ने पहिलो माग छ । त्यस्तै घटनाका पिडकका रुपमा पारस लिम्बू, फिपराज लिम्बू, उनका २ श्रीमती तथा उषा लिम्बू, गोमा खड्कालाई सार्वजनिक मुद्दा अगाडि बढाउन तथा पिडीत बराइलीलाई उचित न्याय दिलाउनुपर्ने माग अघि सारिएको छ । नगर कार्यपालिका सदस्य गीता लोहारसमेत दोषी रहेको जनाइएको छ । साथै उनीहरुले फरार रहेका ओमनाथ बराइली, ओमरानी लिम्बू र यशोदा थापालाई पक्राउ गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *