Monday, January 18, 2021
Home > Uncategorized > नेपाली हस्तकलाको संरक्षण, सम्वद्र्धन र विकासमा विशेष जोड दिन उपराष्ट्रपतिको आग्रह

नेपाली हस्तकलाको संरक्षण, सम्वद्र्धन र विकासमा विशेष जोड दिन उपराष्ट्रपतिको आग्रह

ललितपुर, १३ चैत्र। उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली हस्तकलाको संरक्षण, सम्वद्र्धन र विकासमा विशेष जोड दिन सरकारलाई आग्रह गर्नुभएको छ ।

उपराष्ट्रपति पुनले नेपालको निर्यात व्यापारमा समेत ठूलो योगदान दिँदै आएको हस्तकलाको संरक्षण र सम्वद्र्धन गर्नुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो । आज ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजित ‘कला तथा संस्कृति महोत्सव’को उद्घाटन गर्दै उहाँले नेपाली कला र संस्कृति संकटमा पर्दै गएको उल्लेख गर्दै त्यसको संरक्षणमा लाग्न पनि सबैलाई आह्वान गर्नुभयो । उपराष्ट्रपति पुनले नेपालको चिनारीको रुपमा रहेको कला र संस्कृतिको विकासमा सबैले उत्तिकै चासो दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो । ५ दिनसम्म चल्ने महोत्सवमा ललितपुरको कला, संस्कृति झल्कने खालका विभिन्न हस्तकलाका सामग्रीहरु राखिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *