Sunday, January 17, 2021
Home > मुख्य समाचार > बेलबारीकी रमिला राईको शव २६ दिनपछि कोसी नदीमा फेला

बेलबारीकी रमिला राईको शव २६ दिनपछि कोसी नदीमा फेला

सुनसरी, १३ चैत्र । गत फागुन १७ गते हत्या गरिएकी बेलबारीकी रमिला राईको शव २६ दिनपछि कोसी नदीमा फेला परेको बताइएको छ ।

सेतो बोरामा हात खुट्टा बाधिएको अवस्थामा राईको शव आज कोशी ब्यारेजमा फेला परेको प्रहरीको भनाई छ । राईको हत्या आरोपमा पक्राउ परेका बेलबारीका योगेन्द्र गुरुङको बयानका आधारमा सुनसरी प्रहरीको सहयोगमा मोरङ प्रहरीले राईको शव खोजे पनि फेला परेको थिएन । आज कोशी ब्यारेजका स्थानीय युवाहरुको सहयोगमा राईको शव सप्तकोसी नदीबाट निकालिएको थियो । नदिमा बोरामा शव देखेपछि स्थानीयहरुले प्रहरी लाई खबर गरेका थिए । स्थानीय प्रहरीको अनुरोधमा कोशी ब्यारेजका केही युवाले करिब डेढ घन्टा लगाएर डुङ्गाको सहयोगमा नदिबाट शव बाहिर निकालेका थिए । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी र रमिलाका आफन्त समेतको टोली सप्तकोसी पुगेका थिए । पक्राउ परेका गुरुङले हत्या गरेर सप्तकोसीमा शव फालेको बताएका थिए । यद्यपी सो शव रमिलाकै भएको औपचारिक रुपमा पुष्ठी भइ सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *