Monday, April 19, 2021
Home > मुख्य समाचार > एक नम्बर प्रदेश संसदको विषयगत समितिहरुमा सभापति निर्वाचित

एक नम्बर प्रदेश संसदको विषयगत समितिहरुमा सभापति निर्वाचित

विराटनगर । प्रदेशसभा गठन भएको एक वर्षपछि संसदको विषयगत समितिहरुमा सभापति निर्वाचित भएका छन् ।

प्रदेश सभाका सात विषयगत समितिहरुको बैठकबाट आज सभापति निर्वाचित गरिएको हो । आज १० बजेदेखि ५ बजेसम्म छुट्टाछुट्टै समितिको बैठक आव्हान गरी सभापतिको निर्वाचन गरिएको थियो । निर्वाचनबाट न्याय, प्रशासन तथा विधायन समितिको सभापतिमा धनकुटाका सांसद इन्द्रमणि पराजुली निर्वाचित हुनुभएको छ । सुशासन तथा योजना समितिको सभापतिमा झापाका सांसद अर्जुन राई, अर्थ समितिको सभापतिमा मोहनकुमार खड्का, सार्वजनिक लेखा समितिको सभापतिमा शिवनारायण गनगाई निर्वाचित हुनुभएको छ । सामाजिक विकास समितिको सभापति पदमा संखुवासभाकी सांसद सरिता थापा खड्का निर्वाचित हुनुभएको छ भने उद्योग पर्यटन वन तथा वातावरण समितिको सभापतिमा पाँचथरकी सांसद सीतादेवी थेवे निर्वाचित हुनुभएको छ । प्राकृतिक स्रोत, तथा पूर्वाधार विकास समितिको सभापतिमा सुनसरीका सांसद सर्वध्वज साँवा निर्वाचित हुनुभएको छ । निर्वाचित सभापतिहरुलाई आइतबार सभामुख प्रदिपकुमार भण्डारीले पद तथा गोपनियताको सपथ गराउने संसद सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *