Thursday, April 25, 2019
Home > मुख्य समाचार > घुस दिने व्यक्तिसहित ४ जना गाँजा कारोबारी पक्राउ

घुस दिने व्यक्तिसहित ४ जना गाँजा कारोबारी पक्राउ

धरान । ईलाका प्रहरी कार्यालय धरानले अवैध रुपमा गाँजा बिक्री गर्न लाँदै गरेको अवस्थामा पक्राउ परेका दोषीहरुलाई छुटाउन प्रहरीलाई ५० हजार घुस दिन आउने व्यक्तिसहित ४ जना गाँजा कारोबारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

छिन्ताङ शहिदभूमि गाउँपालिकामा उत्पादन भएका गाँजा बिक्रीका लागि लाने क्रममा धरानमा पक्राउ गरेको हो । सुराकीको आधारमा को १ ह ६२५० नम्बरको टेम्पोमा राखेर लाँदै गरेको अवस्थामा २० किलो गाँजा पक्राउ गरेको हो । धनकुटाको पाख्रीबास नगरपालिका बस्ने नरबहादुर राई, खोल्सा छिन्ताङ शहिदभूमि गाउँपालिका १ का मदन राई र विजय राई पक्राउ परेका छन् । प्रहरीसँगको सेटिङमा पक्राउ परेकाहरुलाई छुटाउन आउने गाँजा खरिदकर्ता विराटनगरका सुरजकुमार शाह पनि पक्राउ परेका छन् ।  डिएसपी सुमन तिम्सिनाका अनुसार स्थानीयहरुसँग ५ देखि ७ हजार रुपैयाँसम्म खरिद गरेर भारतीय बजारमा २५ हजार रुपैयाँ प्रतिकिलोमा गाँजा बिक्री हुने गरेको छ । प्रहरीले अनुसन्धानका लागि ६ दिनको म्याद थप गरेको छ भने उनीहरुलाई लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *