Tuesday, July 23, 2019
Home > मुख्य समाचार > धरानको जिरोपोइन्टमा बस दुर्घटना हुदा ४ जनाको मृत्यु

धरानको जिरोपोइन्टमा बस दुर्घटना हुदा ४ जनाको मृत्यु

धरान । धरानको जिरोपोइन्टमा बस दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य ३८ जना घाईते भएका छन । मृतकमध्ये दुई जनाको मात्र सनाखत भएको छ । मृत्यु हुनेमा धनकुटाको बसन्तपुर स्थायी घर भई धरान शान्तिपथ बस्ने बस चालक चक्रबहादुर गुरुङ र धनकुटा चौबीसे गाँउपालिका १ का दलबहादुर मगर रहेका छन । दुर्घटनामा मृत्युभएकी एक सात बर्षीया बालिका र एक महिलाको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घाईतेहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उहचार भईरहेको छ । ना ६ ख २७१३ नम्बर बस कोशी राजमार्गमा पर्ने भेडेटार बाट धरान आउने क्रममा ब्रेकफेल हुदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *