Tuesday, July 23, 2019
Home > मुख्य समाचार > मालपोत कार्यालय सप्तरीका नायब सुब्बा बासुदेव मण्डल घुससहित पक्राउ

मालपोत कार्यालय सप्तरीका नायब सुब्बा बासुदेव मण्डल घुससहित पक्राउ

राजविराज । सेवा निवृत हुन दुई दिन मात्र बाँकी रहँदा राजविराजस्थित जिल्ला भूमि सुधार तथा मालपोत कार्यालयका नायब सुब्बा बासुदेव मण्डल आज बिहान घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुन्धान आयोग इटहरी कार्यालयको टोलीले उनलाई बिहान कार्यालय खुल्नु डेढ घण्टा अगावै सेवाग्राहीसँग घुस लिँदालिँदै कार्यालयको कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो । बिहान साढे आठ बजेतिर एक सेवाग्राहीलाई कार्यालयमै बोलाएर मोहीको जग्गा सम्बन्धी मुद्दा मिलाइदिन्छु भन्दै ४० हजार रुँपैया घुस लिदालिँदै नासु मण्डललाई पक्राउ गरिएको अख्तियारको टोलीले जनाएको छ । जिल्ला भूमि सुधार तथा मालपोत कार्यालयका अनुसार सप्तरीको राजगढ गाउँपालिका ४ बेल्ही चपेना निवासी नासु मण्डल ५८ वर्षे सेवा अवधी पुरागरि दुई दिनपछि नै सेवानिवृत हुन लागेका थिए । यता पक्राउ परेका नासु मण्डललाई थप अनुसन्धान र आवश्यक कारवाहीका लागि आजै क्षेत्रीय कार्यालय इटहरी ल्याइएको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *