Thursday, April 25, 2019
Home > राष्ट्रिय समाचार > मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन आवश्यक वातावरण तयार भएको प्रधानमन्त्रीको दावी

मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन आवश्यक वातावरण तयार भएको प्रधानमन्त्रीको दावी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन आवश्यक वातावरण तयार भएको दावी गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले समृद्धिको अभियानलाई अघि बढाउन आवश्यक्ता अनुसार संविधान, कानुन परिमार्जन गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । आज नेपाल उद्योग परिसंघको १६ औं वार्षिक साधारण सभाको काठमाडौंमा उद्घाटन गर्दै उहाँले विगतका लगत अभ्यास र परम्परालाई त्यागेर मुलुकलाई समृद्ध बनाउने अभियानमा सक्रियताका साथ लागि पर्न पनि निजी क्षेत्रलाई आह्वान गर्नु भयो । प्रधानमन्त्री ओलीले अब अरुलाई दोष दिएर पन्छिने अवस्था सरकार –निजी क्षेत्र कसैलाई पनि नरहेको पनि स्पष्ट पार्नु भयो ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकलाई समृद्ध बनाउन सरकार एक्लैको प्रयासले मात्रै नहुने बताउनु भयो । उहाँले सरकारले मुलुकको समृद्धिका लागि निजी क्षेत्रको योगदानमाथि विशेष जोड दिएको पनि स्पष्ट पार्नु भयो । लगानी सम्मेलनपछि मुलुकलाई समृद्ध बनाउने आधार झनै बलियो भएको उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले त्यसका लागि आवश्यक सबै खालको नीतिगत व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो । अर्थमन्त्री खतिवडाले मुलुकको विकास निर्माणको काममा तीव्रता दिन पनि निजी क्षेत्रले उल्लेख्य योगदान दिन सक्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *