Thursday, April 25, 2019
Home > राष्ट्रिय समाचार > लोड सेडिङ गराउनेहरुले प्राधिकरणको नेतृत्वलाई कमजोर बनाउने प्रयास गरिरहेको घिसिङको दावी

लोड सेडिङ गराउनेहरुले प्राधिकरणको नेतृत्वलाई कमजोर बनाउने प्रयास गरिरहेको घिसिङको दावी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतमा लोड सेडिङ गराउनेहरुले प्राधिकरणको नेतृत्वलाई कमजोर बनाउने प्रयास गरिरहेको दावी गर्नुभएको छ ।

कार्यकारी निर्देशक घिसिङले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूले लोडसेडिङमुक्त गराएको र प्राधिकरणका नाफामा लगेको मन नपराउने तत्वहरुले विगतका प्राधिकरणका नेतृत्वको निर्देशनमा आफूहरुमाथि आपेक्ष लगाउने काम गरिरहेको भन्दै आपत्ति पनि जनाउनुभयो । उहाँले प्राधिकरणलाई कम्जोर बनाउने विगतका नेतृत्व र प्राधिकरण भित्रका कर्मचारीहरु हो हुन ? भन्ने विषय आफूहरुलाई थाहा भएको पनि बताउनुभयो । आफूमाथि ६० लाख भत्ता लिएको आरोप विभिन्न समाचार माध्याममार्फत् ती तत्वहरुले लगाएको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले आफूले कार्यसम्पादन मूल्यांकन समितिको सिफारिसमा ६ लाख मात्रै भत्ता बुझेको पनि स्पष्टिकरण दिनुभयो । उहाँले आफू आएबाट प्राधिकरणका सबै गतिविधि पारदर्शी रहेको र त्यसमा शंका लागे छानवीन गर्ने अधिकार सरकारलाई सुरक्षित रहेको पनि स्पष्ट पार्नुभयो ।

कार्यकारी निर्देशक घिसिङले आगामी चार वर्ष भित्र सबै नागरिकको पहुँचमा विद्युत पुर्याउने सरकारको लक्ष्य पूरा हुने गरी प्राधिकरणले काम गरिरहेको पनि बताउनुभयो । उहाँले त्यसका लागि अपर कर्णाली, दुधकोशी, माथिल्लो तामाकोसी–५ जलविद्युत आयोजनाको कामलाई अघि बढाउन लागिएको पनि जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *