Thursday, April 25, 2019
Home > राष्ट्रिय समाचार > चिकित्सकहरुले ओपीडी सेवा बहिष्कार गरेपछि विरामीहरुलाई सास्ती

चिकित्सकहरुले ओपीडी सेवा बहिष्कार गरेपछि विरामीहरुलाई सास्ती

काठमाडौं । चिकित्सकहरुले ओपीडी सेवा बहिष्कार गरेपछि विरामीहरुको आफ्नोे नियमित चेकजाँच गर्न पाउने अधिकारसमेत हनन् भएको छ ।

आज बीर अस्पताल परिसरमा पुगेका विभिन्न रोगले च्यापेका वृद्धवृद्धाहरुले समेत आफ्नो रोगको नियमित चेकजाँच गराउन नपाएको बताएका छन । हिजोबाट वीर अस्पताल परिसरमा पाल भित्र संचालन गरिएको अस्थायी प्रकृतिको चेकजाँच गर्न पनि नपाएपछि वृद्धवृद्धाहरु मारमा परेका हुन । उनीहरुले बृद्धवृद्धाहरुको समेत चेकजाँच गर्ने अवस्था नभएको भन्दै चिकित्सकहरुप्रति आक्रोश व्यक्त गरेका छन ।

त्यसैगरी थाईराईडको चेकजाँच गराउन आएकाहरुले पनि पालमा चेकजाँचका लागि घण्टौं कुर्नु परेको गुनासो गरेका छन । यता, कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै ओपीडी सेवा बहिष्कार गरेका चिकित्सकहरुले भने अस्थायी पालको व्यवस्था गरेर भएपनि अत्यावश्यकीय सेवा विरामीहरुलाई दिने काम भईरहेको दावी गरेका छन ।  सरकारी चिकित्सकहरुको आन्दोलनका कारण देशका दुरदराजबाट उपचारका लागि वीर अस्पताल पुगेका विरामीहरुले एक साता यता झनै सास्ती व्यहोर्नु परिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *