Thursday, April 25, 2019
Home > राष्ट्रिय समाचार > काठमाडौंमा ‘अन्तराष्ट्रिय मिडिया सम्मेलन’ सुरु

काठमाडौंमा ‘अन्तराष्ट्रिय मिडिया सम्मेलन’ सुरु

काठमाडौं । काठमाडौंमा ‘अन्तराष्ट्रिय मिडिया सम्मेलन’ सुरु भएको छ ।

नेपाली मिडियाको आगामी १० वर्षको भावी योजना तय गर्ने उद्देश्यका साथ आजबाट काठमाडौंको भृकुटीमण्डपमा अन्तराष्ट्रिय मिडिया सम्मेलन सुरु गरिएको हो । भारत, बंगलादेश, पाकिस्तानलगायत विभिन्न देशका मिडियाकर्मीहरु समेतको सहभागिता रहेको सम्मेलनमा नेपाली मिडियाको विकासका लागि आवश्यक अन्तराष्ट्रिय अनुभवको समेत आदानप्रदानका लागि विस्तृत छलफल हुने कार्यक्रम पनि तय गरिएको एकेडेमी अफ मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टका कार्यकारी निर्देशक डम्बर साहूले जानकारी दिनु भयो । नेपाल पत्रकार महासंघ, मिडिया सोसाईटी अफ नेपाललगायतका संघसंस्थाहरुसँगको सहकार्यमा आयोजना गरिएको ३ दिने सम्मेलनमा मिडिया क्षेत्रका लागि आवश्यक नयाँ प्रविधिका विषयमा पनि छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *