Tuesday, July 23, 2019
Home > राष्ट्रिय समाचार > ‘सुरक्षित गर्भपतन सेवाबारे तल्लो तहसम्म जनचेतनाका कार्यक्रम लैजानुपर्छ’

‘सुरक्षित गर्भपतन सेवाबारे तल्लो तहसम्म जनचेतनाका कार्यक्रम लैजानुपर्छ’

विराटनगर । सुरक्षित गर्भपतन सेवाबारे तल्लो तहसम्म जनचेतनाका कार्यक्रम लैजानुपर्ने आज विराटनगरमा भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

नेपाल डेमोग्राफीक हेल्थ सर्भिस २०१६ को तथ्याङ्कले ४१ प्रतिशत प्रजनन् उमेरका महिलाहरुलाई मात्र गर्भपतनले कानुनी मान्यता पाएको बारेमा थाहा पाएको तथ्य प्रस्तुत गरिएको थियो । यस्तै ४८ प्रतिशत महिलालाई सुरक्षित गर्भपतन सेवा कहाँ उपलब्ध हुन्छ भन्ने थाहा भएको र आर्थिक अवस्था कमजोर भएका बाँकी महिलाहरु यो सेवाको बारेमा अनभिज्ञ रहेको जानकारी दिइएको थियो । आज विराटनगरमा आइपास नेपाल र महिला कानुन र विकास मञ्चको आयोजनामा भएको प्रजनन स्वास्थ्य अधिकार तथा सुरक्षित गर्भपतनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै आइपासका प्रतिनिधि माधवी वज्रचार्यले नेपालमा परिवार नियोजनको अपरिपूर्त माग २४ प्रतिशत र अनिच्छित गर्भ दर १९ प्रतिशत रहेको जानकारी दिनुभयो । नेपालमा ७ प्रतिशत मातृ मृत्यु असुरक्षित गर्भपतनका कारण हुने गरेको कार्यक्रममा जानकारी दिइएको थियो । कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रजनन् स्वास्थ्य अधिकार तथा सुरक्षीत गर्भपतन सेवा गहन बिषय भएको बताउनुभयो । उहाँले आमाको जीवन कस्तो हुने र आमाले जन्माउने बच्चाको भबिष्य कस्तो हुने बिषय प्रजनन स्वास्थ्यसँग जोडिएको उल्लेख गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै प्रदेश १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले प्रदेश कानुन बनाउने चरणमा रहेकाले प्रजनन्मैत्री कानुन बनाउन आफू लागि पर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश १ का प्रदेश सांसद, जनप्रतिनिधि तथा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *