Monday, August 19, 2019
Home > खेलकुद समाचार > आइपीएल क्रिकेटमा आज कोलकता नाइटराइडर्स र राजस्थान रोयल्स आमुने सामुने हुँदै

आइपीएल क्रिकेटमा आज कोलकता नाइटराइडर्स र राजस्थान रोयल्स आमुने सामुने हुँदै

एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा आज कोलकता नाइटराइडर्स र राजस्थान रोयल्स आमुने सामुने हुँदैछन् ।

कोलकतामा हुने यो खेल राति सवा ८ बजे सुरु हुनेछ । आइपीएलमा रोयल च्यालेञ्जर्स बेंग्लोरले किंग्स इलेभेन पञ्जावमाथि १७ रनको जित निकालेको छ । यो जितसँगै बेंग्लोरले प्लेअफमा पुग्ने आशा कायम राखेको छ । गएराति बेंग्लोरमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिमले २० ओभरमा ४ विकेट गुमाउँदै दुईसय दुई रन बनाएको थियो । उसका लागि एबी डी भिलियर्स र मार्क स्टोनिसले पाँचौं विकेटका लागि आविजित १२१ रनको उत्कृष्ट पार्टनरसिप गरे । ब्यक्तिगत तर्फ डी भिलियर्सले ४४ बलमा ८२ रनको आक्रामक इनिङ खेले । दुइसय तीन रनको लक्ष्य पछ्याएको पञ्जाव २० ओभरमा सात विकेट गुमाउँदै एकसय ८५ रनमा सिमित भयो । पञ्जावका लागि निकोलास पुरनले सर्वाधिक ४६ रनको योगदान दिए भने केएल राहुलले ४२, मायंक अग्रवालले ३५, डेविड मिलरले २४ तथा क्रिश गेलले २३ रन बनाए । जितसँगै बेंग्लोर ११ खेलबाट ८ अंक बनाउँदै पुछारबाट दोस्रो स्थानमा उक्लिएको छ । यो जितका कारण बेंग्लोरको प्लेअफमा पुग्ने सम्भावना जिवित बनेको छ । पञ्जावको भने १० अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *