Monday, June 01, 2020
Home > राष्ट्रिय समाचार > विप्लव समूहलाई राजनीतिक मुलधारमा ल्याउने प्रयास भइरहेको गृहमन्त्रीको दाबी

विप्लव समूहलाई राजनीतिक मुलधारमा ल्याउने प्रयास भइरहेको गृहमन्त्रीको दाबी

विराटनगर । गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहलाई राजनीतिक मुलधारमा ल्याउने प्रयास भइरहेको बताउनुभएको छ ।

प्रदेश–१ को सुरक्षा गोष्ठीमा सहभागी हुन विराटनगर आउनुभएका मन्त्री थापाले आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै विप्लवलगायत सबै असन्तुष्ट पक्षलाई राजनीतिको मुलधारमा ल्याउन सरकारले वार्ता आव्हान गरेको बताउनुभयो । सरकारले वार्ता र संवादबाटै समस्याको समाधान चाहेको तथा विखण्डनकारी समूहलाई समेत मुलधारमा ल्याइसकेको अवस्थामा विप्लव समूहलाई वार्तामा आउनुको विकल्प नभएको उहाँले बताउनुभयो । उहाँले विप्लव समूहले विध्वंशकारी गतिविधि गरेकै कारण सरकारले उनीहरुलाई नियन्त्रणमा लिएको बताउनुभयो ।

शान्तिपूर्ण आन्दोलन गर्ने सबैलाई छुट भएको भन्दै जनताको अधिकार र शान्ति सुरक्षामा खलल पुर्याउने छुट भने कसैलाई नभएको उहाँले प्रस्ट पार्नुभयो । मन्त्री थापाले विगतको वर्षभन्दा शान्ति सुरक्षामा गुणात्मक सुधार आएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *