Wednesday, November 25, 2020
Home > मुख्य समाचार > नेपालमा पहिलो पटक बर्ड फ्लूबाट एक जनाको मृत्यु

नेपालमा पहिलो पटक बर्ड फ्लूबाट एक जनाको मृत्यु

काठमाडौं । नेपालमा पहिलो पटक बर्ड फ्लूबाट एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी पशुपंक्षीको ज्यान लिँदै आएको सो रोगको संक्रमणबाट एक जना मानिसको पनि मृत्यु भएको पुष्टि भएको जानकारी गराएको हो । २१ वर्षीय एक युवकको बर्ड फ्लूको संक्रमणबाट मृत्यृ भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव पुष्पा चौधरीले जानकारी दिनु भयो । गत चैत्र १० गते ज्वरो र खोकीको लक्षण लिएर टेकुस्थित इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका भर्ना गरिएका उनको ५ दिनपछि उपचारकै क्रममा मृत्यु भएको थियो । मन्त्रालयले उनको मृत्यु पछि ¥याल परिक्षणको नमूना जापान पठाएको थियो । जापानको इन्फ्लून्जा सेन्टरले बर्ड फ्लूबाटै उनको ज्यान गएको पुष्टि गरेको रिर्पोट यही बैशाख १७ गते नेपाल पठाएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बर्ड फ्लूको संक्रमणबाट एक जनाको ज्यान गएपनि आत्तिनुपर्ने अवस्था भने नरहेको पनि स्पष्ट पारेको छ । मन्त्रालयले सर्वसाधारणमा आतंक फैल्न सक्ने भन्दै बर्ड फ्लूबाट ज्यान गएको युवकको नाम भने खुलाएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो रोगबाट बच्न पशुपंक्षीको मासुु राम्रोसँग पकाएर खाने तथा रोग लागेका उनीहरुसँग सधैं टाढा रहन पनि सबैलाई आह्वान गरेको छ । बर्ड फ्लूको संक्रमण भएपछि श्वासप्रश्वासमा समस्या आई मानिसहरुको ज्यान जाने गरेको चिकित्सकहरुले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *