Monday, April 19, 2021
Home > मुख्य समाचार > संखुवासभाको स्वाचीमा करेन्ट लागेर एकजनाको मृत्यु, ७ जना घाईते

संखुवासभाको स्वाचीमा करेन्ट लागेर एकजनाको मृत्यु, ७ जना घाईते

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–६ स्वाचीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार २२ वर्षीय भुपाल विकको विद्युत सर्ट हुँदा करेन्ट लागेर मृत्यु भएको हो । विद्युत सट भएर करेन्ट लाग्दा तारा विक, भगवती विक र मञ्जु विकसहित ७ जना घाइते भएको सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्बाले जानकारी दिनुभयो । विद्युत सट हुँदा करेन्ट गाउँभरि फैलिएको थियो । घाइतेहरुको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *