Sunday, January 17, 2021
Home > राष्ट्रिय समाचार > संचार माध्यमहरुले बाटो बिराएको संचार तथा सूचना प्रविधिमन्त्री बास्कोटाको टिप्पणी

संचार माध्यमहरुले बाटो बिराएको संचार तथा सूचना प्रविधिमन्त्री बास्कोटाको टिप्पणी

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संचार माध्यामहरुले बाटो बिराएको टिप्पणी गर्नु भएको छ ।

मन्त्री बास्कोटाले लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गराउने आन्दोलनको अगुवाई गरेको कम्युनिष्ट पार्टी नेतृत्वको सरकारलाई समेत लोकतन्त्रविरोधी देखाउने प्रयास गरिएको भन्दै संचार माध्यामहरुप्रति गुनासो पनि गर्नु भयो । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संविधानले पूर्ण प्रेस स्वतन्ताको प्रत्याभूति गरेको उल्लेख गर्दै त्यसको प्रयोगमा संकुचन वा कमजोर बनाउने काम हुनै नसक्ने पनि दोहोर्याउनु भयो । नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रता नेपालको इतिहास, भूगोल, खुलापनका कारण पनि संकुचन हुनै नसक्ने मन्त्री बास्कोटाको तर्क छ ।  कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेसमैत्री कानुन निर्माण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले प्र्रेस स्वतन्त्रता सुनिश्चित गर्नु आज पनि चुनौतिको रुपमा रहेको पनि दोहोर्याउनु भयो ।

कार्यक्रममा मन्त्री बास्कोटाले दक्षिण एशीयाली प्रेस स्वतन्त्रतासम्बन्धि प्रतिवेदन पनि सार्वजनिक गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *