Monday, June 01, 2020
Home > राष्ट्रिय समाचार > विद्यार्थीका लागि पेपर माइक्रोस्कोप निर्माणसम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना

विद्यार्थीका लागि पेपर माइक्रोस्कोप निर्माणसम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीका लागि पेपर माइक्रोस्कोप निर्माणसम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।

क्याम्पसकै युनाइटेड सोसाइटी फर इनोभेटिभ साइन्स समूहले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो । विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित प्रशिक्षण र कार्यशालाको प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्की र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले उद्घाटन गर्नुभयो । प्रशिक्षण एवम कार्यशालामा सहभागी विद्यार्थीलाई कम लागतमा निर्माण गर्न सकिने फोल्डरस्कोप अर्थात पेपर माइक्रोस्कोप निर्माण सम्बन्धि प्रशिक्षण दिइने आयोजक युएसआईएस संस्थाका अध्यक्ष पवन साहले जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालयका अनुसन्धानकर्ता एवम प्रशिक्षक अनिल गौतमले शिक्षालाई प्रविधिमैत्री बनाउन बिशेषगरि स्कुल कलेजमा आवश्यकपर्ने पेपर माइक्रोस्कोप बनाउन सिकाइने जानकारी दिनुभयो । बजारमा पाइने माइक्रोस्कोपको १० हजार बढी पर्ने भएपनि सहभागिलाई अत्यन्त न्युन लागतमा निर्माण गर्नसकिने माइक्रोस्कोप निर्माण सम्बन्धि प्रशिक्षण दिइने बताउनुभयो । प्रशिक्षणमा एमएससी र बिएससीमा अध्ययनरत १२० जना विद्यार्थी सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *