Thursday, April 02, 2020
Home > मुख्य समाचार > अवैध ३० तोला सुनसहित नेपाल एयरलाईन्सका कर्मचारी पक्राउ

अवैध ३० तोला सुनसहित नेपाल एयरलाईन्सका कर्मचारी पक्राउ

काठमाडौं । अवैध ३० तोला सुनसहित नेपाल एयरलाईन्सका १ जना कर्मचारी पक्राउ परेका छन ।

महानगरी प्रहरी परिसर, काठमाडौंले सोमबार पत्रकार सम्मेलन गरी अवैध ३० तोला सुनसहित त्रिभवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाईन्सका मेन्टिनेन्स ह्यांगरमा कार्यरत कर्मचारी रञ्जितकुमार यादवलाई नियन्त्रणमा लिइएको जानकारी गराएको हो । उनलाई आईतबार दोहाबाट आएको नेपाल एयरलाइन्सको फ्लाईटका यात्रु सिरहाका धर्मेन्द्रकुमार यादवले ल्याएको सो अवैध सुनसहित पक्राउ गरिएको वरिष्ठ प्रहरी उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिनु भयो । उहाँले अनुसन्धानका क्रममा दोहाबाट नेपाल एयरलाईन्समा आउने यात्रुहरुलाई आर्थिक प्रलोभनमा पारेर अवैध सुन पठाउने गरेको पाइएको पनि बताउनु भयो । यात्रुहरुले ल्याएको अवैध सुन नेपाल एयरलाईन्सका कर्मचारी यादवले बुझ्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *