Tuesday, July 07, 2020
Home > मुख्य समाचार > धनकुटा लाई प्रदेश नं. १ को राजधानी बनाउन माग गर्दै चक्काजाम

धनकुटा लाई प्रदेश नं. १ को राजधानी बनाउन माग गर्दै चक्काजाम

धनकुटा । धनकुटा लाई प्रदेश न १ को स्थाई राजधानी बनाऔ अभियान समितीले धनकुटा लाई स्थायी राजधानी घोषण नगरेको भन्दै आज १ घण्टा धनकुटा सदरमुकाको जिरोप्वाईटमा चक्काजाम गरेको छ ।

प्रदेश १ को राजधानी धनकुटा हुनु पर्ने माग राख्दै लामो समय सम्म चलिरहेको आन्दोलन लाई पूर्ण रुपमा बेवास्ता गर्दै प्रदेश सरकारले स्थायी राजधानी विराटनगर तोकेको बिरोधमा चक्काजाम गरेको अभियान समितीले जनाएको छ । पुरै पहाडलाई बेवास्ता गरेको र हावा पानी, शान्ति सुरक्षा भौतिक पूर्वाधारका साथै प्रदेश न.१ को केन्द्रमा रहेको जिल्लालाई वेवास्ता गरेको भन्दै उनीहरुले बिरोध गरेका थिए । आज साँझ ब्याक आउट गर्दै विरोध जनाउने कार्यक्रम घोषणा समितिले गरेको छ । यसैबिच धनकुटा लाई प्रदेश न १ को स्थायी राजधानी बनाऔ अभियान समितीले धनकुटा लाई स्थायी राजधानी घोषण विरोधमा बैशाख २५ गते दिउँसो ३ बजेदेखि ४ बजे सम्म चक्काजाम कार्यक्रमको घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *