Monday, August 19, 2019
Home > खेलकुद समाचार > फाइनल प्रवेशकालागि चेन्नाई र मुम्बईबिच प्रतिस्पर्धा हुँदै

फाइनल प्रवेशकालागि चेन्नाई र मुम्बईबिच प्रतिस्पर्धा हुँदै

वैशाख २४ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

आफ्नै घरेलु मैदानमा आजराति पौने ८ बजे सुरु हुने प्लेअफको पहिलो क्वालिफायर राउण्डमा चेन्नाई जित हात पार्दै फाइनलमा पुग्ने लक्ष्यमा छ । यता, मुम्बई पनि चेन्नाईलाई पराजित गर्दै फाइनलमा पुग्ने लक्ष्यमा छ । जारी आईपीएलमा मुम्बई लिग चरणको विजेता बन्दै प्लेअफको पहिलो क्वालिफायर राउण्डमा प्रवेश गरेको हो । तुलनात्मक रुपमा जारी आईपीएलमा चेन्नाई भन्दा मुम्बई बलियो ठहरिएको छ । मुम्बईले चेन्नाई विरुद्धको लिग चरणको दुबै खेलमा सहज जित निकालेको थियो । यसैलाई निरन्तरता दिने लक्ष्यमा मुम्बई रहेको छ । तर चेन्नाई भने लिग चरणमा ब्यहोरेको दुबै खेलको हारको बदला आज लिने दाउमा छ । लिग चरणको पहिलो होम खेलमा मुम्बईले चेन्नाईलाई ३७ रन र अवे खेलमा ४६ रनले पराजित गरेको थियो । आजको खेलबाट विजेता टिम फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टिमले इलिमिनेटर राउण्डबाट विजेता बनेर आएको टिमसँग दोस्रो क्वालिफायरमा फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । इलिमिनेटर राउण्डमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *