Monday, September 23, 2019
Home > खेलकुद समाचार > एएफसी यु–१६ च्याम्पियनसिप २०२० को छनोट चरणमा नेपाल समुह ‘ए’ मा

एएफसी यु–१६ च्याम्पियनसिप २०२० को छनोट चरणमा नेपाल समुह ‘ए’ मा

विराटनगर । सन् २०२० मा आयोजना हुने एएफसी यु–१६ च्याम्पियनसिप २०२० को छनोट चरणमा नेपाल समुह ‘ए’ मा परेको छ ।

एएफसीले आज सार्वजनिक गरेको ‘ड्र’ अनुसार नेपाल वेस्ट जोनमा जोर्डन, ताजिकिस्तान सम्मिलित बलियो समूह ‘ए’ मा परेको हो । नेपाल रहेको समूहमा जोर्डन, ताजिकिस्तान, मलेसिया र श्रीलंका रहेका छन् । यो समूहको खेल जोर्डनमा हुनेछ । समूह ‘बी’ मा भारत, उज्वेकिस्तान, बहराइन, र तुर्केमिनिस्तान छन् । समूह ‘डी’ मा इरान, अफगानिस्तान, प्यालेस्टाइन र माल्दिभ्स छन् । समूह ‘ई’ मा यमन, बंगलादेश, कतार र भुटान छन् । समूह ‘एफ’ मा इराक, किर्गिस्तान, लेवलान र युएई छन् ।समूह ‘जी’ मा इन्डोनेसिया, चीन, ब्रुनाई, फिलिपिन्स र नर्दन मारियाना आइल्यान्ड छन् । समूह ‘एच’ मा अष्ट्रेलिया, भियतनाम, टिमोर लिस्टे, मंगोलिया र मकाउ छन. । समूह ‘आई’ मा उत्तर कोरिया, हङकङ, सिंगापुर र गुआम छन् । समूह ‘जे’ मा जापान, मलेसिया, कम्वोडिया र लाओस तथा समूह ‘के’ मा दक्षिण कोरिया, थाइल्यान्ड, म्यानमार र चाइनिज ताइपेई रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *