Wednesday, May 27, 2020
Home > मनोरञ्जन समाचार > मिस नेपाल २०१९को ताज अनुष्कालाई

मिस नेपाल २०१९को ताज अनुष्कालाई

यो बर्षको मिस नेपाल वल्र्डको उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस वल्र्डको उपाधि जितेकी हुन् । कार्यक्रमका मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै अनुष्काले उपाधि जितेकी हुन् । यस्तै, यो बर्षको ‘मिस नेपाल यूनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीको पोल्टामा गएको छ । ‘मिस नेपाल अर्थ’को उपाधि रिया बस्नेतको पोल्टामा जादा ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मिरा कक्षपतिले जितिन् । मिस नेपाल सुपर नेशनलको उपाधि भने रोज लामाले जितिन् । यो बर्षको ‘मिस नेपाल’मा सहभागी २५ जनाबाट सेमिफाइनलमा १४ जना र फाइनलमा ७ जनाले प्रतिस्पर्धा गरेका थिए । अन्तिम ७ मा अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रदिप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मिरा कक्षपति पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *