Tuesday, August 04, 2020
Home > मुख्य समाचार > अनुष्का श्रेष्ठ बनिन् मिस नेपाल

अनुष्का श्रेष्ठ बनिन् मिस नेपाल

काठमाडौं । यो बर्षको मिस नेपाल वल्र्डको उपाधि अनुष्का श्रेष्ठले जित्नु भएको छ ।

मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस वल्र्डको उपाधि जित्नु भएको हो । कार्यक्रमका मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै अनुष्काले उपाधि जित्नु भएको हो । यस्तै, यो बर्षको ‘मिस नेपाल यूनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीको पोल्टामा गएको छ । ‘मिस नेपाल अर्थ’को उपाधि रिया बस्नेतको पोल्टामा जादा ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मिरा कक्षपतिले जित्नु भएको छ । मिस नेपाल सुपर नेशनलको उपाधि भने रोज लामाले जित्नुभएको छ । यो बर्षको ‘मिस नेपाल’मा सहभागी २५ जनाबाट सेमिफाइनलमा १४ जना र फाइनलमा ७ जनाले प्रतिस्पर्धा गरेका थिए । अन्तिम ७ मा अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रदिप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मिरा कक्षपति पुग्नु भएको थियो । नेपालकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मानिने ‘मिस नेपाल’को यो श्रृङ्खलामा अश्मी श्रेष्ठ, सन्नी रौनियार प्रधान, ओम बहादुर भन्डारी, तुविजा अग्रवाल, राजिव शाह, नवराज सिलवाल, विदुषी राना, पवनबहादुर पाण्डे, सुनिता लिम्बु खरेल र अनुप विक्रम शाही निर्णायक रहनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *