Monday, August 19, 2019
Home > खेलकुद समाचार > आज दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदै

आज दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदै

वैशाख २७ । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको दोस्रो क्वालिफायर खेलमा आज दिल्ली क्यापिटल्स र चेन्नेई सुपर किंग्सबीच प्रतिस्पर्धा हुदैछ ।

शाखापटनममा हुने खेल साँझ पौने ८ बजे सुरु हुनेछ । नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली पहिलो पटक आईपीएलको फाईनल पुग्दै ईतिहास रच्ने दाउमा छ । तर चेन्नेईलाई हराउँदै फाईनलको टिकट काट्नु दिल्लीका लागि निकै कठिन छ । चेन्नेईले लिग चरणको खेमलमा ८० रनले हराउँदै शीर्ष दुईमा पर्ने दिल्लीको सपना टुटाएको थियो । बुधबार हैदरावादविरुद्व संघर्षपुर्ण जितले दिल्लीले क्वालिफायरमा स्थान पक्का गरेको थियो । जसमा ऋषभ पन्तले उल्लेख्य भुमिका निर्वाह गरेका थिए । सोही कारण समेत दिल्लीको टिमको मनोबल उच्च भएको विश्लेषण गरिएको छ । यता चेन्नेईलाई दबाबपुर्ण खेल खेल्ने बानीनै छ । तीन पटकको विजेता चेन्नेई चार पटक उपविजेता समेत भएको छ । पहिलो क्वालिफायर खेलमा मुम्बई ईन्डियन्ससंग पराजित भएपनि खेलमा फर्कने अवसर चेन्नेईलाई प्राप्त छ । मुम्बईविरुद्वको कमजोर ब्याटिङलाई कप्तान धोनीले सुधार गर्ने अपेक्षा गरेका छन् । विजेता टिमले उपाधिका लागि मुम्बईसंग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *