Monday, August 19, 2019
Home > खेलकुद समाचार > १२ औं संस्करणको आइपीएलको उपाधि मुम्बईलाई

१२ औं संस्करणको आइपीएलको उपाधि मुम्बईलाई

१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ ।

हैदरावादमा गएराति भएको रोमाञ्चक फाइनल खेलमा मुम्बईले चेन्नई सुपर किंग्सलाई एक रनले हराउँदै उपाधि उचालेको हो । टस जितेर ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा आठ विकेट गुमाउँदै एकसय ४९ रन बनाएको थियो । मुम्बईका लागि केइरन पोलार्डले सर्वाधिक ४१ रन बनाए । ओपनर ब्याट्समेन क्वीन्टन डि ककले २९ रन बनाए भने इशान किसनले २३ रन, हार्दिक पाण्ड्याले १६ रन बनाए । रोहित शर्मा र सूर्यकुमार यादवले १५–१५ रन बनाए । बलिङतर्फ दिपक चहरले तीन विकेट लिए भने शार्दुल ठाकुर र इमरान ताहिरले २–२ विकेट लिए ।
एकसय ५० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाउँदै एकसय ४८ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि शेन वाट्सनले ८० रनको योगदान दिएपनि टिमलाई जिताउन सकेनन् । चेन्नईका लागि फाफ डु प्लेसिसले २६ रन बनाए भने ड्वाइन ब्राभोले १५ रन जोडे । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । बलिङतर्फ मुम्बईका लागि जस्प्रित बुम्राहले दुई विकेट लिए भने क्रुनाल पाण्ड्या, लसिथ मलिंगा र राहुल चहरले एक(एक विकेट लिए । चेन्नईका दुई ब्याट्सम्यान रनआउट भएका थिए । वाटसन आउट भएपछि चेन्नईलाई जितका लागि ४ रनको आवश्यकता थियो । अन्तिम दुई बलमा चेन्नईले केवल दुई रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि चेन्नईलाई नौ रन आवश्यक थियो । अघिल्ला ३ ओभरमा ४२ रन खर्चेका मलिंगाले अन्तिम ओभरमा महत्वपूर्ण विकेट लिँदै मुम्बईलाई चौथो पटक उपाधि जिताउन सफल भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *