Monday, September 23, 2019
Home > राष्ट्रिय समाचार > केहीवर्षमा चीनको ल्हासाबाट काठमाडौंमा रेल आउने दावी

केहीवर्षमा चीनको ल्हासाबाट काठमाडौंमा रेल आउने दावी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केही वर्ष भित्र चीनको ल्हासाबाट काठमाडौंमा रेल आउने दावी गर्नु भएको छ ।

अध्यक्ष दाहालले चीनबाट नेपालमा रेल आउने कुरा अब सपनाको विषय नरहेको पनि स्पष्ट पार्नु भयो । विभूति सीता जन्मजयन्तिको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले तपाई ÷हामी जीवित रहँदारहँदै काठमाडौंमा रेल ल्याउने कामको सुरुवात भईसकेको उल्लेख गर्दै त्यसलाई लुम्विनीसम्म लैजाने योजना तय गरिएको पनि बताउनु भयो । उहाँले चीनको ल्हासा हुँदै काठमाडांै र काठमाडौंबाट लुम्विनीसम्म रेल संचालन गर्न सके त्यो मुलुकको अर्थतन्त्र र पर्यटन विकासको क्षेत्रमा कोशेढुंगा सावित हुने पनि स्पष्ट पार्नु भयो । अध्यक्ष दाहालले लुम्विनी–पशुपति–जनकपुरलाई जोडने एउटा सर्किट देशभित्रै बन्न जरुरी रहेको पनि बताउनु भयो । उहाँले नेपाल र भारत दुवै मुलुकको शक्तिपीठहरुलाई मिलाएर एउटै शक्तिपीठ सर्किट बनाएर दुवै मुलुकको धार्मिक पर्यटनको क्षेत्रमा क्रान्ति ल्याउने कामलाई अघि बढाइएको पनि बताउनु भयो । अध्यक्ष दाहालले आफूले पछिल्लो पटक भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शक्तिपीठ सर्किट निर्माणको विषयलाई जोड दिएर छलफल गरेको पनि स्मरण गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *