Sunday, May 26, 2019
Home > मुख्य समाचार > संस्कृतिविद् सत्यमोहन जोशी पुगे सय वर्ष

संस्कृतिविद् सत्यमोहन जोशी पुगे सय वर्ष

ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृतिविद् सत्यमोहन जोशीको दीर्घायू र सुस्वास्थ्यको कामना गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले संस्कृतिविद् जोशी सय वर्ष प्रवेश गरेको अवसर पारेर आज उहाँकै निवास पाटनमा पठाउनु भएको मंगलकामना सन्देशमा नेपाली साहित्य र सांस्कृतिक भण्डारलाई समृद्ध बनाउन पुर्याउनु भएको योगदानको पनि उच्च प्रशंशा गरिएको छ । राष्ट्रपति भण्डारीले संस्कृतिविद् जोशीलाई पठाउनु भएको मंगलमय कामना सन्देश आज बिहान उहाँकै निवासमा आयोजित एक समारोहमा पढेर सुनाइएको थियो । सो सन्देशमा नेपाल भाषा र संस्कृतिको श्रीवृद्धिमा पनि उहाँले पुर्याउनु भएको योगदान उल्लेखनीय रहेको स्मरण गरिएको छ । कार्यक्रममा राष्ट्रपति भण्डारीले पठाउनु भएको सय अंक उल्लेख गरिएको चित्रसहितको बुकी र दोसल्लाद्धारा पनि संस्कृतिविद् जोशीलाई सम्मान गरिएको थियो । संस्कृतिविद् जोशी सय वर्ष पुगेको अवसर पारेर आज उहाँकै निवासमा आफन्तजनहरुले उहाँको सुस्वास्थ्य र दीर्घायूको कामना पनि गरेका छन । बिहानै निवासमा पुग्नु भएका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र उहाँको आफन्तहरुले उहाँको सुश्वास्थ्य र दिर्घायूको कामना गर्नु भएको हो । यसैबीच, ललितपुर महानगरपालिकाले उहाँको सम्मानमा आज सार्वजनिक विदा पनि दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *