Monday, August 19, 2019
Home > राष्ट्रिय समाचार > कार्य सम्पादन सम्झौंता अनिवार्य गर्नुपर्ने कानुनी व्यवस्था तत्काल गर्न सरकारसँग माग

कार्य सम्पादन सम्झौंता अनिवार्य गर्नुपर्ने कानुनी व्यवस्था तत्काल गर्न सरकारसँग माग

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले सबै तहको कर्मचारीहरुलाई कार्य सम्पादन सम्झौंता अनिवार्य गर्नुपर्ने कानुनी व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका छन ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्री र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले सबै तहका कर्मचारीहरुलाई कार्य सम्पादन सम्झौंता अनिवार्य गर्नुपर्ने कानुनी व्यवस्था तत्काल गर्न सरकारसँग माग गर्नु भएको हो । आज संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै सांसद झाँक्री र बडुले तल्लो तहको कर्मचारीलाई कार्य सम्पादन सम्झौंता नगर्ने विधेयकको प्रावधानप्रति आपत्ति जनाउनु भयो ।

उहाँहरुले सबै तहका कर्मचारीलाई आफ्नो कामप्रति जवाफदेही बनाउन पनि कार्य सम्पादन सम्झौता गर्ने कानुनी व्यवस्था अनिवार्य गर्नुपर्ने तर्क गर्नु भयो । यता, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भने बोझिलो हुने भएकाले तल्लो तहका कर्मचारीलाई कार्य सम्पादन सम्झौता गर्ने कानुनी व्यवस्था नगर्ने गरी विधेयक ल्याइएको जवाफ दिनु भएको थियो । मन्त्री पण्डितले माथिल्लो तहका कर्मचारीहरुले भने विशेष जिम्मेवारी पनि पाउने भएकाले कार्य सम्पादन सम्झौता गर्ने प्रस्ताव गरिएको स्मरण गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *