Sunday, May 26, 2019
Home > मुख्य समाचार > सरकारले मिडिया काउन्सिल सम्बन्धि विधेयक ल्याएकोमा कांग्रेसको आपत्ति

सरकारले मिडिया काउन्सिल सम्बन्धि विधेयक ल्याएकोमा कांग्रेसको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने मनसायका साथ सरकारले मिडिया काउन्सिल सम्बधी विधेयक ल्याएको भन्दै गम्भीर आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सिद्धान्तमा मौलिक अधिकार प्रत्याभुति गर्छु भन्ने सरकारले विधेयक ल्याउदा मौलिक अधिकारलाई नै कुण्ठित गर्ने खालको ल्याएको बताउनुभएको हो । मौलिक हक प्रत्याभुतिका लागि बनेका कानुनको स्मरण गराउदै उहाँले सरकार संविधानमा उल्लेखित व्यवस्था विपरित सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको टिप्पणी गर्नुभयो । बैठकमा नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले वृद्धि दर र उच्च समानता तथा सामाजिक न्याय संगसंगै जान नसक्ने भन्दै सरकारलाई प्राथमिकतामा स्पष्ट हुन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *